Mon Nov 28 2022
आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रुपैयाँले घटेर रु ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज आइतबार ९० हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ । शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ यस ३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य रु १५ रुपैयाँले वृद्धि भएको महासङ्घले जनाएको छ ।