Thu Dec 1 2022
मुख्य खबर

बोहोस बनाएर नगद तथा सुन लुटपाट गरेको अभियोगमा एकजना पक्राउ

बाँके– नशाजन्य पदार्थ खुवाई बेहोस बनाएर पीडितको नगद ३ लाख २० हजार रुपैयाँ र २ तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा कोहलपुर नगरपालिका(२ बस्ने कालीकोट रास्कोट नगरपालिका(१ लहरेला घर भएका ३५ वर्षीय प्रकाश शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलाली चुरे गाउँपालिका(५ खानीडाँडास्थित होटलमा नास्ता खान आएका शाही समेतले माघ २६ गते साँझ होटल संचालक महिलालाई उक्त पदार्थ खुवाई सुनको सिक्री तथा नगद लुटी फरार भएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले कोहलपुर नगरपालिका(३ किरणनालामा शाहीलाई फेला पारी पक्राउ गरेको हो ।