Sat Dec 10 2022
मुख्य खबर

दक्षिण भारतमा ट्रक र भ्यान दुर्घटना हुँदा चौध जनाको मृत्यु

एजेन्सी–भारतको दक्षिणी राज्य आध्र प्रदेशमा ट्रक र भ्यान दुर्घटना हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।

एउटा सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा अन्य चार जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा मृत्यु भएका आठ जना महिला छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो ।

तस्वीरः एनडीटीभी