Thu Dec 1 2022
मुख्य खबर

आफूलाई धम्की दिएको भन्दै सपनाले दिईन् विनयजंग बस्नेतविरूद्ध जाहेरी

काठमाडौँ– बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएकी छन्।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौँ परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

सिंहले भने, ‘जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन टोली अदालत गएको छ । पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।’ सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।