Mon Nov 28 2022
देश

भक्तपुरमा वासिङ मेसिनमा च्यापिएर महिलाको ज्यान गयो 

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीमा वासिङ मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

सूर्यविनायक ५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा कार्यरत ३८ वर्षीया कमला केसीको वासिङ मेसिनमा च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिए।

दोलखा भिमेश्वर नगरपालिका ९ लाकुरीडाँडा घर भई हाल भक्तपुर बस्ने केसी काम गर्ने क्रममा आइतबार अचानक वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा च्यापिएकी थिइन्।

प्रहरीका अनुसार कम्पनीका सञ्चालक साजन पराजुलीले बेहोस अवस्थामा केसीलाई फेला पारेपछि उपचारको लागि मध्यपुर अस्पताल ठिमी पुर्याएका थिए। अस्पतालका चिकित्सकले केसीलाई मृत घोषण गरेका थिए।