बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मङ्लबार, फाल्गुन ४, २०७७

काठमाडौँ– केही दिनदेखि नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको छ ।

सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३४० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार ३६० पुगेको महासंघले जनाएको छ ।