तोलामा दुईसय रुपैयाले बढ्यो सुनको मूल्य

तोलामा दुईसय रुपैयाले बढ्यो सुनको मूल्य
मङ्लबार, फाल्गुन ४, २०७७

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा दुईसय रुपैयाले बढेको छ।

महासंघकाअनुसार आजका लागि छापावाल सुनको भाउ ९० हजार ९०० रुपैयाँ तोकिएको छ।

यस्तै तेजावी सुनको भाउ ९० हजार ४ सय तोकिएको छ।

सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा छापावाल सुनको कारोवार भएको थियो। आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ।

सोमबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।