एक सातामै दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

एक सातामै दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बुधबार, फाल्गुन ५, २०७७

काठमाडौँ– एक साता नबित्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

यसअघि माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको निगमले पुनः गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

अहिले निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको प्रवक्ता उपाध्यायले जनाउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको भाउ बढेर घाटा चुलिएको बताउँदै निगमले मुल्य समायोजन गरेको जनाएको छ ।

यस्तो छ विज्ञप्ति