बिहीबार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बिहीबार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा  हुँदैछ कारोबार?
बिहिबार, फाल्गुन ६, २०७७

काठमाडौं । बिहीबार पनि सुनको ६ सय रुपैयाँले घटेको छ ।

छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार एकैदिन ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।

चाँदीको आजको भाउ १३३५ रुपैयाँ तोकिको छ ।