कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन ७, २०७७

काठमाडौँ– अहिले प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यसैगरी आज राती प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।