प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, नयाँ प्रदेश प्रमुखमा झा नियुक्त

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, नयाँ प्रदेश प्रमुखमा झा नियुक्त
शुक्रबार, फाल्गुन ७, २०७७

काठमाडौँ – प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।

यसैबीच प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।