नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण
शुक्रबार, फाल्गुन ७, २०७७

काठमाडौँ– अमेरिकी पर्सिभियरन्स अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । यो यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा अवतरण गर्न सफल भएको हो ।

नेपाली समयअनुसार शुक्रवार बिहान २ बजेर ४० मिनेटमा पर्सिभियरन्स रोभरले मंगल ग्रहमा अवतरण गरेको हो ।

यो परियोजना नासाको एक महत्वकांक्षी परियोजना हो । सफल अवतरण भएपछि नासाका अन्तरिक्ष निकायका वैज्ञानिकहरुले खुशी मनाएका थिए ।

रोभरले त्यहाँ पुगेर तस्वीर पनि पठाइसकेको छ । उक्त यान सात महिनामा ४७ करोड किलोमिटर यात्रा पार गरेर मंगल ग्रहमा पुगेको हो ।