विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड १२ लाख बढि

विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड १२ लाख बढि
शनिबार, फाल्गुन ८, २०७७

ऐजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड १२ लाख ४५ हजार नाघेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २४ लाख ६३ हजार ६ सय नाघेको छ । त्यस्तै पछिल्लो अपडेट अनुसार हालसम्म ८ करोड ६१ लाख २१ हजार भन्दा धेरै संक्रमित निको भएका छन ।

विश्वमा हालसम्म सक्रिय संक्रमितको संख्या २ करोड २६ लाख २९ हजार बढी छन । जसमध्ये ९४ हजार बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या ५ लाख ७ हजार नाघेको छ । त्यस्तै अमेरिकामा हालसम्म २ करोड ८६ लाख ३ हजार भन्दा धेरै संक्रमित भएका छन ।