कस्तो रहला आइतबार दिनभरको मौसम ?

कस्तो रहला आइतबार दिनभरको मौसम ?
आइतवार, फाल्गुन ९, २०७७

काठमाडौं– मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।

अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।