जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)

जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
आइतवार, फाल्गुन ९, २०७७

काठमाडौं– पूर्व राजपरिवारका सदस्यले पूर्वरानी कोमल शाहको जन्मदिन झापामा मनाएका छन्।

शुक्रबार कोमलको ७०औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमललेसँगै डान्स गरेका हुन्। उक्त डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पूर्व रानी कोमलको जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा छोरा पारस शाह र बुहारी हिमानीलगायत सम्पूर्ण शाह परिवार सहभागी भएका थिए ।

जन्मोत्सवका अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो ।

उक्त अवसरमा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको छ ।

हेरौँ भिडियो