सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आइतवार, फाल्गुन ९, २०७७

काठमाडौँ– आइतबार सुन मूल्य प्रतितोला ८ सयले बढेको छ । शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजारमा पुगेको हो।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।