यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान
सोमवार, फाल्गुन १०, २०७७

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार मंगलबार भोलि भने केही ठाउँमा वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

फाल्गुन १० गते (सोमबार)

दिउँसो : प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन ११ गते (मंगलबार)

दिउँसो : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ

राती: : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन १२ गते (बुधबार)

दिउँसो : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ

राती: : प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।