भारतको आर्थिक अनुदानमा निर्माण धापासी माविको भवन शिलान्यास

भारतको आर्थिक अनुदानमा निर्माण धापासी माविको भवन शिलान्यास
सोमवार, फाल्गुन १०, २०७७

काठमाडौँ– काठमाडौँको धापासी माध्यमिक विद्यालयको भवन शिलान्यास भएको छ । भारत सरकारको आर्थिक अनुदानमा टोखा नगरपालिका ४ स्थित धापासी माध्यमिक विद्यालयको भवन आज एक कार्यक्रमका बीच शिलान्यास भएको हो ।

भवनको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्दै पोखरेलले भारत सरकारले नेपालको शैक्षिक विकासका लागि गरेको सहयोगको प्रसंसा गरेका छन् ।