निर्वाचनका लागि सामग्री किन्न आयोगबाट बोलपत्र आह्वान

निर्वाचनका लागि सामग्री किन्न आयोगबाट बोलपत्र आह्वान
मङ्लबार, फाल्गुन ११, २०७७

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको छ । निर्वाचनकै लागि चाहिने सामग्री खरिदका लागि आयोगले बोलपत्र नै आह्वान गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान गरेको छ । यी सामग्रीको मूल्य २५ करोड रुपैयाँ बराबरको हुने आयोगले जनाएको छ ।

आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ। सरकारले तोकेको मिति वैशाख १७ र २७ गते निर्वाचन गर्न आयोगले तयारीलाई तिव्र पारेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २५ करोड मध्येका २८ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरिएको बताए।