तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य
मङ्लबार, फाल्गुन ११, २०७७

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ हजारमा यो साता सुरु भएको सुनको कारोबार सोमबार स्थिर रह्यो ।

यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार बृद्धि भएको छ । सोमबारको तुलनामा तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ ।