घरायसी विदादहुँदा कञ्चनपुरमा श्रीमतीले गरिन श्रीमानको हत्या

घरायसी विदादहुँदा कञ्चनपुरमा श्रीमतीले  गरिन श्रीमानको हत्या
मङ्लबार, फाल्गुन ११, २०७७

कैलाली। घरायसी विदादका कारण कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् ।

आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

वसन्तीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको छ ।