बी डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु

बी डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु
मङ्लबार, फाल्गुन ११, २०७७

काठमाडौं । कोरोना महामारीका कारण लामो समय स्थगित गरिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुँदैछन् ।

कोरोना महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष ५ चैतमा स्थगित गरिएको थियो ।

लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एसोसिएस र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।