बागलुङको तीनवटा सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा

बागलुङ– बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।
वन पैदावार र बस्तीसमेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू रातभर आगो नियन्त्रणका लागि खटिएको ठूलाचौर महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिए ।
आगलागीका कारण गलकोट नगरपालिका–५ को दानसिङडाँडा सामुदायिक वन, गगनपानी सामुदायिक वन र वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा करोडौँ रुपैयाँको क्षति भएको उनले बताए । भैंसे दानसिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो गगनपानी सामुदायिक वन हुँदै छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो ।
राति स्थानीयवासीले अग्नि रेखा निर्माण गरी बिहान आगो नियन्त्रण गरिएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिए । ठूलाचौर सामुदायिक वनको मल्म खोलापारिदेखि मान्दारादानसिङ जोड्ने गोरेटो बाटो सफा गरी स्थानीयवासीले अग्नि रेखा निर्माण गरेका थिए ।
करीब २०० मानिसले लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो निभाउन सफल भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले बताए । मोबाइल र टर्च लाइटको सहारामा आगो निभाउन सफल भएको समाजसेवी बाबुराम थापाले बताए ।
-
आधिकारिक र वैधानिक नेकपा हामी नै हौँ : प्रचण्ड
-
देउवाले भने– म प्रधानमन्त्रीको रेसमा छैन
-
अविश्वासको प्रस्ताव सामना गर्ने नेकपा ओली पक्षीय संसदीय दलको निर्णय
-
मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्रीले भने– यस्तो बेलामा हो लड्डु खाने
-
काठमाडौँ आइपुग्यो मेलम्चीको पानी
-
ओली समूहको संसदीय दलको बैठक बस्दै
-
काठमाडौँ उपत्यकालगायत देशका पहाडी भूभागमा सामान्य वर्षा
-
नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबलमा आज दुई खेल हुँदै
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
-
विश्वभर ९ करोड २२ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त
-
इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता
-
भारतमा थप १८ हजार २९२ जनामा कोरोना संक्रमण
-
मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
-
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य
-
आज २०७७ फागुन २२ गते शनिबार, यस्तो छ आजको राशिफल
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
प्रधानमन्त्री ओलीका दुई रणनीति
-
शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार
-
कालिज फर्ममा चितुवा आतंकः सयबढी कालिज नष्ट
-
भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बयानका क्रममा बलात्कार गरेको स्वीकारे
-
सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक