श्रीमतीको हत्या गरेको आरोपमा झापाबाट राई पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा झापाबाट राई पक्राउ
मङ्लबार, फाल्गुन ११, २०७७

झापा–झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरका एक व्यक्ति श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

दमक नगरपालिका वडा नं। ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डि४ छाप्रा नं। ३९ का ५५ वर्षिय सरे राईलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनले आफ्नै श्रीमती ४९ वर्षिया विष्णुमायाँ तामाङ्लाई मंगलबार मादक पदार्थ सेवन गरी कुटपिट गरेका थिए । कुटपिटबाट श्रीमतीको घट्ना स्थलमै मृत्यु भएको र हत्या पछि भागेका उनलाई प्रहरी चौकी बाघखोरको टोलीले नियन्त्रणमा लिएको हो ।