प्रधानमन्त्री ओलीले निवासमै मनाए ७० औं जन्मदिन

प्रधानमन्त्री ओलीले निवासमै मनाए ७० औं जन्मदिन
मङ्लबार, फाल्गुन ११, २०७७

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन निवासमै मनाएका छन् । जन्मदिनको अवसरमा कुनै औपचारिक कार्यक्रम नराखेपनि उनले प्रधानमन्त्री निवासै पारिवारिक रुपमा जन्मदिन मनाएका हुन् ।

उनले नेवारी संस्कृतिअनुसार जन्मदिनको सगुन लिए । प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका र माला ग्रहण गर्दै आर्शिवाद लिए ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए ।

तस्वीर :प्रधानमन्त्रीको सचिवालयबाट