संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश (पूर्णपाठ)

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश (पूर्णपाठ)
मङ्लबार, फाल्गुन ११, २०७७

काठमाडौँ– सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।