ओलीलाई प्रचण्डले भने- अलिकति नैतिकता भए तत्काल राजीनामा दिनुहोस्

ओलीलाई प्रचण्डले भने- अलिकति नैतिकता भए तत्काल राजीनामा दिनुहोस्
मङ्लबार, फाल्गुन ११, २०७७

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् । उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् ।

‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस्’, प्रचण्डले भने

सर्वोच्चको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयले नेपाली जनताको विजयी भएको बताए । उनले यो विजयका लागि नेपाली बौद्धिक, न्यायाधिक समुदायसँगै संविधानविद र कानुनविदलाई धन्यवाद दिए।

उनले पार्टी अध्यक्षको हैसियतमा सबै पार्टी पंक्तिलाई देशभर खुशीयाली मनाउन अपीलसमेत गरेका छन् ।