शुभ साइत : चन्द्रमा कर्कट राशिमा, उत्तर र पश्चिम दिशातर्फको यात्रा सुखद् रहला

शुभ साइत : चन्द्रमा कर्कट राशिमा, उत्तर र पश्चिम दिशातर्फको यात्रा सुखद् रहला
बिहिबार, फाल्गुन १३, २०७७

आज चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।

आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।

साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:३४ बजेदेखि ८:०० बजेसम्म शुभ बेला
बिहान ८:०० बजेदेखि ९:२६ बजेसम्म रोग बेला
बिहान ९:२६ बजेदेखि १०:५१ बजेसम्म उद्धेग बेला
बिहान १०:५१ बजेदेखि १२:१७ बजेसम्म चर बेला
बिहान १२:१७ बजेदेखि १:४२ बजेसम्म लाभ बेला
दिनमा १:४२ बजेदेखि ३:०८ बजेसम्म अमृत बेला
दिनमा ३:०८ बजेदेखि ४:३४ बजेसम्म काल बेला
दिउँसो ४:३४ बजेदेखि ५:५९ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १:३० देखि ३:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।