नयाँ सरकार गठनमा सकस

काठमाडौँ– नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो।
तर, प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकेन। प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण दाहाल–नेपाल पक्ष अलमलमा देखिन्छ।
यस्तोमा नेकपाका दुवै पक्षबीचको द्वन्द्व वा सहमतिले नयाँ सरकार गठन र परिवर्तनको संसदीय प्रक्रिया अघि बढ्नेछ। प्रधानमन्त्रीले राजीनामा दिए सहज र अविश्वास प्रस्तावको सामना गर्न तयार भए अर्को प्रक्रियाअनुसार सरकार परिवर्तन र गठन प्रक्रिया प्रतिनिधिसभामा सुरु हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए नयाँ सरकार गठन प्रक्रिया सहज रूपमा अघि बढ्ने देखिन्छ। त्यस्तो अवस्थामा दाहाल–नेपाल पक्षले कांग्रेस वा अरू दलको समर्थनमा बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष पेस गरे नयाँ प्रधानमन्त्री चयन हुनेछ। त्यस्तो प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्नुपर्छ। संविधानको धारा ७६ (२) अनुसार यो प्रक्रियाबाट दुई वा दुईभन्दा बढी दलको समर्थनमा जो–कोही सांसद पनि प्रधानमन्त्री बन्न सक्छ।
यो व्यवस्थाअन्तर्गत प्रधानमन्त्री बन्न संसदीय दलका नेता हुनु पर्दैन। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। प्रधानमन्त्री ओलीले राजीनामा नदिए नयाँ सरकार गठन प्रक्रिया लम्बिने देखिन्छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुपर्छ। त्यससँगै भावी प्रधानमन्त्रीको नाम पनि प्रस्ताव गर्नुपर्ने व्यवस्था संविधानको धारा १०० (५) मा छ। संसद्का एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन्।
नेकपाका दुवै पक्षको दाबी मान्ने हो भने अविश्वास प्रस्ताव पारित गर्न दाहाल–नेपाल पक्षलाई कांग्रेसको समर्थन चाहिन्छ। दुवै पक्षले अविश्वास वा विश्वास प्रस्तावमा आफूभित्रबाट बहुमत जुटाउन कठिन देखिन्छ। अविश्वास प्रस्ताव पारित भए जुन सांसदलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरिएको हो राष्ट्रपतिबाट उसलाई नै प्रधानमन्त्री नियुक्त गर्नुपर्छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
-
काठमाडौँको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
-
कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’
-
नेपालमा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण, १३ जनाको मृत्यु
-
बुटवलमा एकैदिन तीन जना कोरोना सङ्क्रमितको मृत्यु
-
बुधबारदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ६९ बढी संक्रमित
-
कोरोना संक्रमणको जोखिम बढ्यो, असुरक्षित बन्दै काठमाडौँ
-
खेलाँचीले कोरोना जोखिम झन् बढ्यो
-
कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर
-
सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत १ गते आइतबार)
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)
-
नेपालमा प्रदुषणले रेकर्ड तोड्यो (भिडियो रिपोर्ट)