भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत

भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
बिहिबार, फाल्गुन १३, २०७७

काठमाडौ । भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीको तह बढुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो।

बढुवा भएका दुबै जनालाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन्।।

दुबै जना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन्।

भागरथी घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जना प्रहरीहरू पनि पुरस्कृत भएका छन्।