घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बिहिबार, फाल्गुन १३, २०७७

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्यमा भने १० रुपैयाँ बढोत्तरी आएको छ ।

बिहीबार छापावाल सुन ८९ हजार ३ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ८८ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलाको ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघले आज चाँदीको मूल्य १ हजार ३ सय ५५ रुपैयाँ प्रतितोला तोकको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।