माछा मार्ने क्रममा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु
बिहिबार, फाल्गुन १३, २०७७

खोटाङ । माछा मार्ने क्रममा करेन्ट लागेर  खोटाङका एक व्यक्तिको मृत्यु भएको छ ।

खोटाङको साकेला गाँउपालिका ४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रावाबेसी गाँउपालिका १ मा पर्ने रावा खोलामा माछा मार्ने क्रममा बुधवार दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।