सिरहामा कुहिएको अवस्थामा महिलाको शव फेला

सिरहामा कुहिएको अवस्थामा महिलाको शव फेला
बिहिबार, फाल्गुन १३, २०७७

सिरहा । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करिब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।