अमेरिकामा १ करोड ९३ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त

अमेरिकामा १ करोड ९३ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त
बिहिबार, फाल्गुन १३, २०७७

काठमाडौँ – अमेरिकामा १ करोड ९३ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा १ लाख १४ हजार २३७ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या १ करोड ९३ लाख ४० हजार ३२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५२५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख १८ हजार ३६३ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ७५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।