कञ्चनपुरमा छतबाट लडेर एक जनाको मृत्यु

कञ्चनपुरमा छतबाट लडेर एक जनाको मृत्यु
बिहिबार, फाल्गुन १३, २०७७

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’