अमेरिकाले साउदी अरबका पत्रकार खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै

अमेरिकाले साउदी अरबका पत्रकार खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै
शुक्रबार, फाल्गुन १४, २०७७

एजेन्सी । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने भएको छ ।

रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई जिम्मेवार ठह¥याइएको अनुमान गरिएको छ ।

पत्रकार खशोग्जीको हत्या सन २०१८ को अक्टुबर २ तारिखमा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो । उनको मृत शरीरलाई क्षतविक्षत पारिएको थियो ।

खशोग्जीलाई साउदी अरबका शासकको कटु आलोचक मानिन्थ्यो । त्यसैले उनको हत्या साउदी राजकुमारले नै गराएको अनुमान छ । यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका छन ।

पत्रकार खसोग्जीको हत्या गम्भीर त्रुटी भएको भन्दै त्यसमा युवराज सलमानको कुनै संलग्नता नरहेको साउदीले बताउँदै आएको छ ।

अमेरिकाले आगामी बिहीबार खशोग्जी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बीबीसीले जनाएको छ । अनुसन्धान रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ ।