प्रवीण बाँस्तोला हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक जना पुर्पक्षका लागि जेल चलान

प्रवीण बाँस्तोला हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक जना पुर्पक्षका लागि जेल चलान
शुक्रबार, फाल्गुन १४, २०७७

मोरङ । मोरङ उर्लाबारीका प्रवीण बाँस्तोलाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बिहीबार मोरङ जिल्ला अदालतले पुर्पक्षका जेल चलान गर्ने आदेश दिएपछि रतुवामाइ १० का मेहरमान दर्जीलाई जेल चलान गरिएको हो । उनीसँगै पक्राउ परेका उर्लाबारीका कुमार राईलाई भने तीन लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

उर्लाबारी ५ का बाँस्तोलाको गत ५ पुसमा शंकास्पद मृत्यु भएको थियो । प्रवीणको हत्या आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो । अन्य चार जना भने फरार छन् ।

प्रवीणाको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान राम्रो नगरेको भन्दै आफन्तले विरोध गरिरहेका छन् ।