पूर्वमन्त्री नवीन्द्रराज जोशीको मस्तिष्कघातको शल्यक्रिया सम्पन्न, आइशियु कक्षमा सारियो

पूर्वमन्त्री नवीन्द्रराज जोशीको मस्तिष्कघातको शल्यक्रिया सम्पन्न, आइशियु कक्षमा सारियो
शुक्रबार, फाल्गुन १४, २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको शल्यक्रिया गरिएको छ।

उनको शरीरको देब्रेपट्टी समस्या आएपछि अस्पताल गएका जोशीलाई मस्तिष्कघात भएको पुष्टि भएको थियो।

थापाथलीस्थित नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। शल्यक्रियापश्चात उनलाई अहिले आइशियु कक्षमा राखिएको छ। शरीरको देब्रेपट्टि समस्या देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो।

जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल लगिएको उनका सहयोगी सुशान्त आचार्यले जानकारी दिए।