कीर्तिपुुर र नवलपरासीमा आजदिनभर विद्युत् बन्द गरिने

कीर्तिपुुर र नवलपरासीमा आजदिनभर विद्युत् बन्द गरिने
शनिबार, फाल्गुन १५, २०७७

काठमाडौं । बागमती प्रदेशअन्तर्गत काठमाडौंको कीर्तिपुुर र लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासीको प्रतापुुर फिडरबाट प्रसारित विद्युत् आज दिनभरजसो बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार कीर्तिपुर फिडरअन्तर्गत बल्खु, खसीबजार, टीयू, चोभार, पाँगा, टौदहमा आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म र उता नवलपरासीको प्रतापपुर फिडरअन्तर्गत प्रतापुर वडा नम्बर १ र २ तथा बर्दघाट १, ७, १२, १३, १४ र १५ मा अहिले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली बन्द गरिने भएको हो।