कस्तो छ आजको मौसम : पहाडमा चट्ट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने

कस्तो छ आजको मौसम : पहाडमा चट्ट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने
शनिबार, फाल्गुन १५, २०७७

काठमाडौं । आज देशका पहाडी भू(भागका केही ठाउँमा मेघगर्जन तथा चट्ट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन तथा चट्ट्याङ सहित हल्का वर्षा साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपात हुने देखिन्छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । अहिले भने देशका पहाडि भू(भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईंका केही स्थानहरुमा हल्का कुहिरोरहुस्सु लागेको छ ।

शनिबार राति देशका पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका १–२ स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।