फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहर

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहर
मङ्लबार, फाल्गुन १८, २०७७

ऐजेन्सी । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएको छ ।

सन २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजीलाई सोमबार एक अदालतले आफ्नो चुनावी अभियानका लागि आर्थिक सहयोग लिन र गोप्य सूचना प्राप्त गर्न अरू दुई जना व्यक्तिसँग मिलेर कानूनको उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको हो । तीन वर्षमध्ये उनलाई दुई वर्षको सजाय निलम्बन गरिएको छ भने एक वर्ष पनि उनले जेलबाहिर बसेर कटाउन सक्नेछन । त्यो अवधिमा उनलाई घरमै नजरबन्दमा राख्ने वा शरीरमा इलेक्ट्रिक डिभाइस जोडेर आंशिक हिँडडुल गर्न दिने मध्येको कुनै एक सुविधा प्राप्त हुन सक्छ ।

सार्कोजीले आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन । सोमबारको फैसलापछि उनले कुनै प्रतिक्रिया दिएका छैनन । सुपरमोडलबाट गायिका बनेकी उनकी पत्नीले भने इन्स्टाग्राममा तस्बिर राख्दै फैसलालाई अन्यायपूर्ण भनेकी छन । सार्कोजीका वकिलहरूले फैसलाविरूद्ध उपल्लो अदालतमा पुनरावलोकन गर्ने बताएका छन ।

अदालतको फैसलाले सार्कोजीलाई भविष्यमा सार्वजनिक पदका लागि अयोग्य नठहरु¥याए पनि यसले फेरि सार्वजनिक जीवनमा आउने उनको सपनालाई धक्का पुरु¥याएको विश्लेषण गरिएको छ ।