पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कदै

पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कदै
मङ्लबार, फाल्गुन १८, २०७७

काठमाडौँ  । स्वास्थ्य परीक्षणका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज स्वदेश फर्कदै छन् ।

उनी नेपाल एयरलाइन्सको दिल्ली-काठमाडौँ उडानमार्फत आजव स्वदेश फर्किन लागेको उनकव सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा परीक्षण गरिएको थियो ।

न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएकोमा उनलाई ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ ।

चिकित्सकहरुले उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरि फाल्नु पर्ने सुझाव दिएका छन् ।