सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १७ सय घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १७ सय घट्यो
मङ्लबार, फाल्गुन १८, २०७७

काठमाडौं । मंगलबार सुनको मुल्यमा भारी गिरावट आएको छ। आज नेपाली बजारमा सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य तोलाको ८८ हजार सात सय थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार सात सय रुपैयाँले घटेर ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार दुई सय ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।