पूर्वप्रधानमन्त्री डा.भट्टराई स्वदेश फर्किदै

पूर्वप्रधानमन्त्री डा.भट्टराई स्वदेश फर्किदै
मङ्लबार, फाल्गुन १८, २०७७

काठमाडौं । उपचारका लागि गत फागुन ११ गते भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वदेश फर्किदै छन् ।

परीक्षणपछि चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेपछि पूर्वप्रधानमन्त्री भट्टराई मंगलबार स्वदेश फर्किन लागेका हुन् ।

दुई-तीन महिनाभित्रै ट्युमरको शल्यक्रिया गर्न उनलाई चिकित्सकले सुझाव दिएका छन् । नेपाल वायुसेवाको जहाजबाट मंगलबार दिउँसो २ बजे नेपाल प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।