अमेरिकामा अहिले सम्म कोरोना संक्रमणबाट ५ लाख २७ हजारको मृत्यु

अमेरिकामा अहिले सम्म कोरोना संक्रमणबाट ५ लाख २७ हजारको मृत्यु
मङ्लबार, फाल्गुन १८, २०७७

काठमाडौँ – अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४४३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २७ हजार २२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९३ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ९८ लाख १७ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् ।