प्रवीण बास्तोला हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ

प्रवीण बास्तोला हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ
मङ्लबार, फाल्गुन १८, २०७७

मोरङ । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो ।

परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका-७ रमाइलोबाट सोमबार राति पक्राउ गरेको हो । उनलाई सरकारी वकिल कार्यालयमार्फत आज ९मङ्गलबार० नै अदालतमा पेस गर्ने तयारी छ ।