‘विप्लव’सँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

‘विप्लव’सँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
मङ्लबार, फाल्गुन १८, २०७७

काठमाडौँ – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपासँग वार्ता गर्न २ सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

सरकारका प्रवक्ता पार्वत गुरूङले वार्ता टोलीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । विप्लव समूहले पनि छिटै वार्ता टोली गठन गर्ने र सरकारसँग वार्ता गर्ने उनले बताए । सरकारले वार्ता टोली बनाए पनि विप्लव समूहमाथिको प्रतिबन्ध हटाएको छैन।