बलिउडकी चर्चित गायिका श्रेया घोषाल पहिलोपटक आमा बन्दै

बलिउडकी चर्चित गायिका श्रेया घोषाल पहिलोपटक आमा बन्दै
बिहिबार, फाल्गुन २०, २०७७

एजेन्सी। बलिउडकी ‘भर्सटायल’ गायिका श्रेया घोषाल आमा बन्ने भएकी छिन् ।

उनले सामाजिम सञ्जाल मार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन ।

घोषालले सामाजिक सञ्जालमा आफू गर्भवती रहेको जानकारी दिएकी हुन्।

उनले गर्भावस्थाको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्,श्रेया र आदित्यको सन्तान आउने क्रममा छ। हामी यो खबर तपाईँहरुसँग साझा गर्न पाउँदा एकदमै हर्षित, उत्साहित छौँ। जीवनको नयाँ अध्यायको तयारी गरिरहेका हामीलाई तपाईँहरुको माया र आर्शिवादको खाँचो छ।’

चर्चित गायिका श्रेयाले व्यवसायी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिइन्। ३६ वर्षकी गायिका पहिलोपटक आमा बन्न लागेकी हुन् ।