इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता

इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता
शनिबार, फाल्गुन २२, २०७७

काठमाडौँ – इंग्ल्यान्डविरुद्धको अन्तिम तथा चौथो टेस्टको दोस्रो दिन भारतले झिनो अग्रता बनाएको छ ।

अहमदाबादमा दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले पहिलो इनिङ्समा ८९ रनको अग्रता बनाएको छ । दोस्रो दिनको खेल सकिदा भारतले ७ विकेट गुमाएर २ सय ९४ रन बनाएर खेलिरहेको छ ।

भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली शुन्य रनमा आउट भए । वासिंगटन सुन्दर ६० रनमा अविजित छन् ।

इन्ल्याण्डका जेम्स एण्डरसनले ३ विकेट लिए । बेन स्टोक्स र ज्याक लिचले २र२ विकेट लिए । यसअघि बिहीबार इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५ रन जोड्दा अलआउट भएको थियो।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेल्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भारतका अक्षर पटेलले ४ विकेट लिए । यस्तै रविचन्द्र आश्विनले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।