नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबलमा आज दुई खेल हुँदै

नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबलमा आज दुई खेल हुँदै
शनिबार, फाल्गुन २२, २०७७

बाँके । नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा आज दुई खेल हुँदैछन ।

नेपालगञ्ज रंगशालामा आज दिउँसो १ बजे हुने पहिलो खेलमा विभागीय क्लबहरु त्रिभुवन आर्मी र एपीएफ आमने सामने हुने छन । आर्मी लगातार दोस्रो जीतको खोजिमा हुने छ । पहिलो खेलमा आर्मीले घरेलु टोलीको रुपमा रहेको लुम्बिनी युनाइटेडमाथि तीन शुन्यको सहज जित निकालेको थियो । एपीएफ भने पहिलो खेल खेल्दै छ ।

त्यसैगरी आजै दिउँसो तीन बजे शुरु हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी युनाइटेड आमने सामने हुने छन । पुलिस दोस्रो जितको खोजिमा हुँदा लुम्बिनी भने पहिलो जितको खोजिमा हुने छ । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब सहभागी छन भने न्यु डायमण्ड स्पोट्र्स क्लब र लुम्बिनी युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन ।

यो प्रतियोगिताको उपाधि बिजेताले ५ लाख पाउनेछ । त्यस्तै दोस्रो हुने टिमले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टिमले ५० हजार प्राप्त गर्ने छ ।